काठमाडौँ । युट्युबर ड्राइभर रेशम भनेर चिनिएका रेशमराज पौडेलले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको छ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासले पौडेलसँग पुर्पक्षको लागि ५० हजार रुपैयाँ धरौटी माग गरेको हो।
उक्त धरौटी बुझाउन नसकेपछि उनलाई थुनामा पठाइएको साइबर ब्युरोले जनाएको छ ।
पौडेललाई जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालयमा पठाइएको छ।







