२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती विधेयकको त्रुटि छानबिन समितिको सभामुखसँग छलफल

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिको छानबिन गर्न गठित विशेष समितिका सदस्यहरूले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा छलफल गरेका छन्। छलफल समितिको कार्यविधि, कार्ययोजना र नेतृत्व चयनका विषयमा केन्द्रित रहेको एक सदस्यले बताए।

राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित विधेयक प्रतिवेदनमा दुई वर्षको कुलिङ पिरियडको व्यवस्था थियो। तर, प्रतिनिधिसभाबाट पारित हुने क्रममा यो व्यवस्थालाई कडाइ गर्ने नाममा बाझिने शब्दावली थपिएपछि उक्त प्रावधान निष्प्रभावी भएको खुलासा भएको थियो। यसै विषयमा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरिएको हो। समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन्।

समितिलाई छानबिनका लागि २१ दिनको कार्यादेश दिइएको छ। यद्यपि, कतिपयले यो विषयमा समिति गठन गर्नु नपर्ने तर्क गरेका छन्। समितिका सभापति र सदस्यहरूको कमजोरीका कारण भएको त्रुटीलाई सहजै सच्याउन सकिने भए पनि यसलाई राजनीतिकरण गरिँदा समस्या जटिल बनेको छ। सभामुखसँगको छलफलमा समितिको नेतृत्व चयनको विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ।