२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालयौन दुराचारी क्यानेडियाली नागरिक निष्कासित

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले बाल यौन दुराचार (पेडो फाइल)मा संलग्न एक क्यानेडियाली नागरिकलाई निष्कासन गरेको छ। 

गृह मन्त्रालयले ७ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई क्यानेडियाली नागरिक पिटर जोनलाई निष्कासन गरेको हो। 

अध्यागमन विभागले जुन ३० मा क्याथेप्यासेफिक एयरको जहाजबाट पिटरलाई क्यानडा पठाएको हो।

बाल यौन दुराचारी प्रमाणित भएपछि पिटरलाई काभ्रेपलाञ्चोकस्थित कारागारमा राखिएको थियो। 

काभ्रेपलाञ्चोक जिल्ला अदालतले क्यानेडियाली नागरिक पिटरलाई बाल यौन दुराचारको मुद्दामा दोषी ठहर गर्दै २०७६ असार २३ गते ९ वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने आदेश दिएको थियो।

कैद भुक्तान गरेपछि कारागार कार्यालय काभ्रेपलाञ्चोकले थप कारबाहीका लागि अध्यागमन विभागमा पठाएको थियो। अध्यागमन विभागले त्यसपछि निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो। पिटर संयुक्त राष्ट्रसंघको राहदानी प्रयोग गरी सन् २०१८ फेब्रुअरी ११ मा पर्यटक भिसामा नेपाल आएका थिए। सन २०१८ अप्रिल ७ मा बाल यौन दुराचारको अभियोगमा पिटर पक्राउ परेका थिए।

कैद भुक्तानी गर्ने क्रममा पिटरको राहदानीको म्याद गुज्रिसकेको थियो। अध्यागमन विभागले भारतको नयाँ दिल्लीमा रहेको क्यानडाको दूतावासलाई पत्राचार गरेपछि उसले पिटरलाई एकतर्फी यात्रा अनुमति गर्न ट्राभल डकुमेन्ट बनाइदिएको थियो। ट्राभल डकुमेन्ट र हवाई टिकट पेस गरेपछि पिटरलाई सात वर्ष नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाउँदै निष्कासन गरेको हो। 

अध्यागमन विभागले पिटर ७ अप्रिल २०१८ देखि १ जुलाई २०२५ सम्म थुनामा रहेकाले त्यस अवधिको उनको भिसा निःशुल्क नियमित गरिदिएको थियो।