२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सक संघको आन्दोलनप्रति गृहसचिवको चासो, स्वास्थ्य सचिवलाई उपयुक्त विधिमार्फत शीघ्र समाधान गर्न अनुरोध 

अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको फैसलाविरुद्ध देशभर चरणबद्ध आन्दोलन चर्काइरहेको सन्दर्भमा गृह मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ।

गृहसचिव गोकर्णमणि दुवाडीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई पत्र लेख्दै समस्याको शीघ्र समाधानका लागि उपयुक्त विधि अपनाउन भनेका छन् । 

चिकित्सक संघले उपभोक्ता अदालतले अस्पताल र चिकित्सकविरुद्ध गरेको फैसलाको विरोधमा काठमाडौँसहित विभिन्न जिल्लामा नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउनेसम्मका आन्दोलनका कार्यक्रम गरिरहेको छ। यस्ता विरोध, धर्ना, जुलुस र बन्दले आम नागरिकको स्वास्थ्यसम्बन्धी हक र उपभोक्ता अधिकार हनन भएको तथा दैनिक जनजीवन र सुरक्षा व्यवस्थापनमा नकारात्मक प्रभाव परेको गृह मन्त्रालयको ठहर छ।

गृहसचिव दुवाडीले स्वास्थ्य मन्त्रालयलाई सम्बन्धित पक्षसँग वार्ता वा अन्य उपयुक्त माध्यमबाट समस्या समाधान गर्न अनुरोध गरेका छन्। पत्रमा स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै आन्दोलनले जनजीवनमा पारेको असरप्रति गम्भीर हुन आग्रह गरिएको छ।

पत्रको अवगतार्थ गृहमन्त्री र मुख्यसचिवलाई समेत पठाइएको छ। चिकित्सक संघको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित भएको अवस्थामा सरकारले कस्तो कदम चाल्छ भन्ने विषयलाई धेरैले चासोका साथ हेरिरहेका छन्।