२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक अर्बको जैमिनी नागरिक स्वास्थ्य उपचार कोष

अ+ अ-

गलकोट (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । एक अर्बको कोष बनाउने लक्ष्य रहेकामा कोषमा रु ५० लाख १० हजार जम्मा भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ ।  

पालिकाभित्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउनका लागि जैमिनी नगरपालिकाले रु एक अर्बको जैमिनी नागरिक उपचार कोष बनाउने लक्ष्यका साथ तीन वर्षअघि कोष घोषणा गरेको थियो । तीन वर्षअघि नगरपालिकाले रु १० लाख जम्मा गरेर घोषणा गरेको कोषमा गत वर्ष रु १५ लाख र यस वर्ष रु २५ लाख जम्मा गरिएको छ । 

कोषको ब्याजबाट नागरिकहरूको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने लक्ष्यसहित कोष निर्माण थालिएको बताउँदै आगामी एक वर्षमै कोष वृद्धि भएर एक करोड पुर्‍याइने जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले बताए । सामाजिक सुरक्षाको दृष्टिकोणबाट स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नको लागि नगरपालिकाले कोष स्थापना गरेको पुनको भनाइ छ । 

“दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्‍याउने लक्ष्य रहेको छ, उक्त कोषमा रु एक अर्ब जम्मा भएमा नगरभित्रका नागरिकलाई नि:शुल्क उपचारमा सहयोग पुर्‍याउन सकिन्छ, कोषमा आम नागरिकले समेत सहयोग प्रदान गर्न सकिने छ”, पुनले भने, “कोषमा पालिकाले बर्सेनि नीति तथा कार्यक्रममार्फत रकम थपिँदै लैजाने गरिएको छ, आगामी दिनमा रकम अभावमा उपचार गर्न नसकेर नागरिक मर्न नपर्ने हाम्रो चाहना छ ।” 

कोषमा हालैमात्र नगरपालिकाका योजना शाखा प्रमुख प्रेमप्रसाद सापकोटाले जन्मदिनको खर्च कटाएर रु १० हजार सहयोग गरेका छन्। सापकोटाले कोषको सकारात्मक सन्देश फैलाउन व्यक्तिगत रूपमा आफूले पहिलो योगदान गरेको बताए । नगरपालिकाले कर्मचारी, जनप्रतिनिधि तथा सर्वसाधारणले समेत कोषमा योगदान गर्न आह्वान गरेको छ । 

क्यान्सर, मुटुरोग, मिर्गौलाजस्ता उपचारमा ठूलो खर्च लाग्ने रोगका लागि नगरपालिकाले कोषको ब्याजबाट सहयोग उपलब्ध गराउने गरी नीति बनाउन लागेको छ ।