२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ’: मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले अहिले मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । 

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले मन्त्रालयले नीतिगत सुधार गरी संरचनागत सुधार गर्दै जाने गरी कार्य योजना बनाइरहेको बताए ।

उनले भने, “हाल हामी नीतिगत र कानुनी सुधारका पक्षमा काम गरिरहेका छौँ । नागरिक उड्डयन, संस्कृति, पर्यटनलगायत क्षेत्रका कानुनी सुधार गर्ने पक्षमा केन्द्रित छौँ । अहिले नौ वटा आवश्यक ऐनहरू अघि बढाइरहेका छौँ । संरचनामा काम गर्ने गरी योजनाबद्ध रूपमा लागिरहेका छौँ ।”

नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, “पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौँ । उहाँहरू पनि बोर्डको सहजीकरणबाट विश्वस्त र उत्साहित हुनुहुन्छ ।”

मन्त्री पाण्डेले पर्यटन बोर्डसँगको समन्वयमा पर्यटन प्रवर्द्धनको खाका र कार्य योजना बनाउने अन्तिम चरणमा पुगेको जानकारी दिए । यसअघि पर्यटन दशक घोषणा भइसकेको उल्लेख गर्दै उनले भने, “हामी कार्य योजना बनाउने काममा लागिरहेका छौँ । भ्रमण दशकको कार्य योजना निर्माणको अन्तिम चरणमा छौँ । यो कार्यान्वयनमा आएसँगै पर्यटन क्षेत्रले फड्को मार्ने विश्वास लिएका छौँ ।”

मन्त्री पाण्डेले हवाई सेवालाई सुरक्षित, सुलभ र भरपर्दो बनाउन मन्त्रालयले निरन्तर पहल गरिरहेको बताए । उनले भने, “हवाई टिकट महँगो भयो भन्ने गुनासो आइरहेको छ । यसको सम्बोधनका लागि हामीले निरन्तर पहल गरिरहेका छौँ । नेपाल एयरलाइन्सको क्षमता वृद्धि गर्ने र विदेशी एयरलाइन्सको प्रभाव कम गर्न सकिएको खण्डमा हवाई भाडा समायोजन हुनसक्ने सम्भावना उच्च छ ।”

मन्त्री पाण्डेले मुलुकको आन्तरिक उडानलाई प्रभावकारी बनाउन प्रदेश स्तरमा ट्विनेटर विमान सञ्चालनका लागि पनि प्रदेशसँग समन्वय भइरहेको जानकारी गराए ।