२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सभापति र सचिवले संसदको धज्जी उडाए, उच्चस्तरीय समिति बनाएर छानबिन होस्’-सांसद थानी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले निजामती सेवा विधेयकमा भएको छेडखानीका विषयमा उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

समितिबाट षडयन्त्र भएको सुन्दा दुख लागेको उल्लेख गर्दै समिति सचिव जस्तो मान्छेले केही जानकारी छैन भनेर उम्किन नमिल्ने बताए ।

उनले भने, ‘दुरा (सुरज दुरा, सचिव) जी तपाई यो समितिका सचिव हो, दफा हटाएको र राखेको विषय जानकारी छैन भन्न मिल्दैन । समितिको टाठोबाठो सभापति हो ? थाहा पाइन कसरी भन्नुभयो ? विशिष्ट श्रेणीका कर्मचारीले देउसी भैलो मैले देखेको छु । ताली बजाएर पारित गरेका हौँ । यसरी पारित गरेको विधेयकमा ३ जना मन्त्रीलाई जानकारी नहुने हुन्छ ? हामीले पारित गरेको किन भएन ?’

एक जना व्यक्तिले मात्रै चाहेर यति ठूलो चलखेल हुन नसक्ने उल्लेख गर्दै यसको पछाडि ठूलै समूह रहेको बताए ।

चलखेलमा सामेल भएकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै उनले भने, ‘उनीहरूलाई कानूनी दायरमा ल्याउनुपर्छ । यस्ता कुरा गर्दा समितिको के इज्जत रहला ? आज कसैले भनेका कुरा छन्स, भापति र सचिवको हस्ताक्षरमा रहेको छ । संसदको धज्जी उडाउनुभएको छ । सभापतिलाई भन्छु, तपाईँको कोर टिम थियो त्यो हेर्ने, को राख्नुभएको थियो कोर टिममा ? ऐन बनाउन खोज्नुभएको छ । तपाईँको कोर टिम को हो ? एउटा तपाई र अर्को सचिव दुरा हो ? कुन पार्टीबाट कसलाई राख्नुभएको थियो । यो ठट्टा होइन, जानी जानी संसद्लाई असफल गर्न गरिएको हो । स्पष्ट रूपमा जवाफ दिनुपर्छ ।’

उनले एक अर्कालाई दोषारोपण गरेर सभापति र सचिवले छुट नपाउने बताए । विशिष्ट कर्मचारीले नारा लगाएको भरमा र राजीनामा दिन्छु भनेर धम्की दिएको भरमा कुलिङ अफ पिरियडमा तोडमोड गरिएको उनको भनाई ।