२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठक आज बस्दैछ । बैठकमा बजेटको विभिन्न शीर्षकहरूमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ ।

बैठक आज दिउँसो १२ बजे बस्नेछ । बैठकमा ‘आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहकृत छलफल हुनेछ । 

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची रहेको छ । 

मंगलबार बसेको प्रदेश सभाको १५ औँ बैठकले ‘आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । साथै सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरूको नामावली प्राप्त नभएको भन्दै सभामुखले सैद्धान्तिक छलफल टुङ्गिएको सभामा जानकारी गराएका थिए । 

१४ औँ बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले बहिस्कार गरेका थिए । तर, लोसपा र जसपा नेपाल प्रतिपक्ष बेन्चमा बसेपछि सदन अघि बढेको थियो । जुन बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको थियो । बजेट माथि असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले विरोध जनाउँदै सच्चाउन माग राखेको छ ।

लुम्बिनी प्रदेश सरकारले आगामी आवका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ। उक्त बजेटमा पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार, चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार, र स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार विनियोजन गरिएको छ।

बजेटले आन्तरिक स्रोतबाट ७ अर्ब ७८ करोड ४ लाख राजस्व संकलन गर्ने र चालु आवको बचत २ अर्ब परिचालन गर्ने लक्ष्य लिएको छ।