२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय किताबखानाको कर्मचारी सूचना प्रणाली अब नागरिक एपमा, निजामती अस्पतालसँग पनि सेवा विस्तार

अ+ अ-

काठमाडौँ । राष्ट्रिय किताबखानाको सेवा अब डिजिटल मञ्च ‘नागरिक एप’ मार्फत उपलब्ध भएको छ। आजैबाट निजामती अस्पतालसँगको सेवा अन्तरआबद्धता पनि विस्तार गरिएको छ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार निजामती कर्मचारीहरूले अब ‘नागरिक एप’ प्रयोग गरी किताबखानाको सेवामा सहज पहुँच प्राप्त गर्न सक्नेछन्। साथै, निजामती अस्पतालको सेवासँग पनि विभागको अन्तरआबद्धता आजबाट सुरु भएको उनले बताए।

विगतमा भाइरस आक्रमणबाट प्रभावित भएको विभागको मुख्य प्रणाली ‘कर्मचारी सूचना प्रणाली’ लाई पुनः सञ्चालनमा ल्याउनुका साथै डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखिएको महानिर्देशक पोखरेलले जनाए। उनले विभागको नेतृत्व सम्हालेको तीन महिनाभित्रै ‘एकल सम्पर्क बिन्दुबाट दुई घण्टाभित्र सेवा’ मोडेल लागू गरेका थिए।

‘बाँकी काम शून्य गर्ने’ अभियानमार्फत लामो समयदेखि थाती रहेका फाइलहरू टुंग्याउने प्रयास गरिएको र सेवाप्रतिको गुनासोलाई शून्यमा झार्ने लक्ष्य राखिएको उनले बताए। आगामी केही महिनाभित्र विभागका अधिकांश सेवाहरू घरमै बसेर प्राप्त गर्न सकिने ‘मुखरहित सेवा’ को अवस्थामा पुर्‍याउने योजना रहेको पनि उनले खुलाए।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको समन्वय र नगरपालिकाको सहयोगमा अनुप्रयोग प्रोग्रामिङ इन्टरफेस (एपीआई) सफ्टवेयरको विकास गरी नागरिक एप र निजामती अस्पतालसँग आजबाट अन्तरआबद्धता सुरु गरिएको महानिर्देशक पोखरेलले जानकारी दिए।