२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यसचिवद्वारा वैदेशिक रोजगार, राहदानी र उद्योग विभागमा छड्के अनुगमन

अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले मंगलबार वैदेशिक रोजगार विभाग, राहदानी विभाग र उद्योग विभागको सेवा प्रवाह र सुशासनको अवस्थाबारे छड्के अनुगमन तथा निरीक्षण गरेका छन्। 

अनुगमनका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या बुझ्ने र केहीको काम तत्काल सम्पादन गर्ने काम भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द बहादुर कार्कीको सहभागितामा भएको अनुगमनमा मुख्य सचिव अर्यालले वैदेशिक रोजगार विभागलाई श्रम अनुमति प्रक्रियाका समस्याहरू तत्काल समाधान गर्न, सूचना प्रणालीलाई सेवाग्राहीमैत्री बनाई अन्य प्रणालीसँग जोड्न, जोखिममा परेका र ठगिएका नागरिकको राहत तथा उद्धारमा तीव्रता दिन र ठगीमा परेकाहरूलाई रकम फिर्ता गर्न नेपाल प्रहरीसँग समन्वय गरी कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिए।

यस्तै, राहदानी वितरण प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, विदेशी रोजगार र अध्यागमन प्रणालीबीच राहदानी तथ्यांक जोड्न तत्काल काम सुरु गर्न निर्देश भएको छ। 

उद्योग विभागलाई निजी क्षेत्रलाई सहज सेवा दिन सबै सेवा प्रविधिमा आधारित बनाउन, उद्योग, वाणिज्य र कम्पनी प्रशासनलाई एकीकृत र प्रविधिमैत्री बनाई चुस्त सेवा प्रवाह गर्न, औद्योगिक सम्पत्ति व्यवस्थापन पारदर्शी बनाउन र एकल विन्दु सेवा केन्द्रमार्फत उद्योगी तथा लगानीकर्ताले सहजै सेवा पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ।

लगानीकर्ता र निजी क्षेत्रले भोगेका कठिनाइहरू तत्काल समाधान गर्न सम्बन्धित निकायलाई कार्य थाल्न मुख्यसचिवले जोड दिएका छन्।