२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन भारतीयसहित चार जना पक्राउ

अ+ अ-

काठमाडौँ । तीन बालिका भारत लैजाँदै गरेका तीन भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्य अन्तर्गत गोरखपुर जिल्लाको कैम्पियरगंज कुवर बलुवा निवासी ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे, सोही ठाउँ निवासी २६ वर्षीय प्रमोद कुमार धोबी र नेपाल रुपन्देही गैडहवा गाउँपालिका-६ निवासी १९ वर्षीया निर्मला लोध रहेका छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ स्थित नेपाल-भारत सीमावर्ती कालीदह नाकाबाट मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालीदहबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०८२ साल असार १५ गते दिउँसो साढे ३ बजे तीन जना नेपाली बालिकालाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको हो । बालिकाहरूलाई अवैध रूपमा सीमा पार गराउन खोज्ने चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामो समयदेखि सीमा क्षेत्रमा सक्रिय रहेर नेपाली बालबालिका र किशोरीहरूलाई विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाने प्रयासमा संलग्न थिए । नियन्त्रणमा लिइएका चारै जनाविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।