२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसिसी तालिम 

अ+ अ-

बैतडी । बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाको पाटन नगरपालिका-९ को ज्ञानेश्वर नमुना मावि र मेलौली नगरपालिका–७ को मणिलेक माविमा विद्यार्थीका लागि एनसिसी तालिम सुरु गरिएको हो । 

सोमबारदेखि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि जुनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम सुरु भएको श्री बक्स गुल्म बैतडीका गुल्मपति सेनानी सफल थापाले जानकारी दिए । उनका अनुसार दुवै विद्यालयबाट ३०–३० जना विद्यार्थी एनसिसी तालिममा छनोट गरिएको छ ।

“एउटा विद्यालयबाट १५ छात्र र १५ छात्रालाई छनोट गरिएको छ”, उनले भने, “छनोट भएका विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिनेछ ।” यसका साथै सैन्य, मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइनेछ । 

एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमा सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुने सेनानी थापाले जानकारी दिए । उनका अनुसार विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायत विषयमा जानकारी गराइने छ । 

यो तालिमपश्चात् विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै उनीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ज्ञानेश्वर नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापक पुष्पराज जोशीले बताए ।