२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक उड्डयन प्राधिकरण विभाजन सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्न तयार ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा विधेयकबारे छलफल सुरु गरिएको हो । 

सैद्धान्तिक छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले संसदमा यो विधेयकप्रति व्यापक चासो देखिएको बताएका छन् ।

उनका अनुसार विधेयकमा आठ प्रमुख सूचक समावेश छन् । कर्मचारीहरूको असन्तुष्टिपछि ट्रेड युनियनहरूसँग छलफल गरी विधेयकमा आवश्यक संशोधन मार्फत अघि बढ्ने सहमति पनि भइसकेको जानकारी मन्त्री पाण्डेले दिए ।

छलफल क्रममा विज्ञ तथा संशोधनकर्ताका धारणा समेटिने विश्वास उनले व्यक्त गरे । हवाई नीति र छाता ऐन अन्तिम चरणमा रहेको जानकारी दिँदै ती विषय पनि छिट्टै अगाडि बढाइने उनको भनाइ छ ।

हवाई दुर्घटनापछि पाउने बीमासम्बन्धी व्यवस्थामा स्वदेशी र विदेशी नागरिकबीच देखिएको भिन्नता हटाएर एकरूपता ल्याउने कार्य पनि अघि बढाइने मन्त्री पाण्डेले जानकारी दिए । विधेयकमा परेका संशोधन प्रस्तावबारे अब सहमतिमै विस्तृत छलफल हुने समितिले जनाएको छ ।