काठमाडौँ । भारतको उत्तर पूर्वी राज्य मणिपुरमा शनिबार रातिदेखि फेरि हिंसा बढेको छ । अरम्बाई टेंगोल नेता कानन सिंहलाई प्रहरीले पक्राउ गरेपछि त्यहाँका जनता सडकमा हिंसात्मक प्रदर्शनमा उत्रिएका छन् ।
मणिपुरका ५ जिल्लामा हिंसा भड्किएपछि ती जिल्लाहरूमा कर्फ्यु लगाइएको छ भने मोबाइल इन्टरनेट सेवामा ५ दिनका लागि रोक लगाइएको छ ।
आइतबार (आज) मणिपुरको इम्फाल पूर्वी जिल्लामा मैतेई संगठनका नेता अरामबाई टेंगोललाई बिना अभियोग पक्राउ गरेको भन्दै उनका समर्थकहरू सडकमा विरोध प्रदर्शन गर्दै निस्किएपछि प्रदर्शनले हिंसात्मक रूप लिएको छ । उनीहरूले केही गाडीमा तोडफोड र आगजनीसमेत गरेका छन् ।
हिंसा भड्किएपछि मणिपुरका पाँच उपत्यका जिल्लाहरूमा कर्फ्यु लगाइएको छ भने मोबाइल इन्टरनेट सेवाहरू पाँच दिनका लागि पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ ।







