२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनिवार्य अवकाशमा जाने कर्मचारीलाई दुई घण्टामै सेवा, एउटै काउन्टर

अ+ अ-

काठमाडौँ । राष्ट्रिय किताब खानाले आफ्नो ५८औँ स्थापना दिवसको अवसरमा उमेर हदका कारण अनिवार्य अवकाशमा जाने राष्ट्रसेवक कर्मचारीहरूलाई लक्षित गरी नयाँ सेवा प्याकेज कार्यान्वयनमा ल्याएको छ। “एउटै काउन्टर, दुई घण्टाभित्र सेवा” को अवधारणासहित यो प्याकेजले निवृत्त कर्मचारीहरूले भोग्दै आएको ढिलासुस्ती, भौतिक फाइल खोज्नुपर्ने झन्झट, विभिन्न शाखामा धाउनुपर्ने बाध्यता र कर्मचारीको रुखो व्यवहारजस्ता गुनासोलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। 

महानिर्देशक श्रवणकुमार पोखरेलले प्रशासनलाई दिएको जानकारी अनुसार, यो सेवा प्याकेजले निवृत्त कर्मचारीहरूको सास्ती र हैरानी कम गर्न डिजाइन गरिएको हो।

यो सेवा प्याकेजअन्तर्गत चार वटा प्रमुख सेवाहरू समावेश छन्: निवृत्तिभरण अधिकार पत्र (पेन्सन पट्टा) जारी गर्ने, घर बिदा र बिरामी बिदाको रकम किटानी पत्र जारी गर्ने, औषधि उपचार बापतको रकम किटानी पत्र जारी गर्ने र सेवा निवृत्त कर्मचारीका लागि डिजिटल आइडी कार्ड जारी गर्ने। यी सबै सेवाहरू अब एउटै काउन्टरबाट अधिकतम दुई घण्टाभित्र उपलब्ध गराइनेछ।

यो प्याकेज कार्यान्वयन गर्न विभागले चार वटा क्षेत्रमा सुधार गरेको छ। पहिलो, १३ महिनादेखि कार्यालय प्रयोजनमा मात्र सञ्चालित विभागको कोर एप (पिआईएस डट जीओभी डट एनपी) लाई सबै सरोकारवालाको पहुँचमा पुर्‍याउन लाइभ गरिएको छ।

दोस्रो, भौतिक फाइल खोज्नुपर्ने बाध्यताको अन्त्य गर्न डेडिकेटेड टिममार्फत फाइलहरूको डिजिटाइजेसन गरिएको छ। तेस्रो, एउटै काउन्टरबाट सेवा प्रवाह गर्न फ्रन्ट डेस्कका कर्मचारीलाई अभिमुखीकरण र आवश्यक बन्दो बस्ती गरिएको छ। र, चौथो, तलब वृद्धि (ग्रेड एकिन) र निवृत्तिभरण गणनाका लागि सफ्टवेयरमा आधारभूत सुधार गरिएको छ ।

महानिर्देशक पोखरेलले यो सेवा प्याकेज पहिलो चरणमा निवृत्त कर्मचारीलाई लक्षित गरिएको र आगामी दिनमा अन्य लाभग्राहीका लागि पनि विस्तार गर्ने योजना रहेको प्रशासनलाई बताए। तर, उनले केही सीमितताहरू पनि औँल्याए। निवृत्त कर्मचारीको सेवा विवरण अद्यावधिक नहुनु, आवश्यक कागजात नल्याउनु, ग्रेड रकम, सञ्चित बिदा वा औषधि उपचारसम्बन्धी कागजातमा त्रुटि हुनुजस्ता समस्याले निर्धारित समयमा सेवा प्रवाहमा कठिनाइ हुन सक्ने उनको भनाइ छ। यस्ता समस्याबाट बच्न कर्मचारीहरूलाई तयारीसहित आउन विभागले अनुरोध गरेको छ।