काठमाडौँ । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को पठन–पाठन आउँदो बिहीबारदेखि सुरु गर्न विद्यालयलाई पत्राचार गरेको छ ।
महानगरको शिक्षा महाशाखाले शैक्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार बैशाख ११ गते बिहीबारदेखि सुचारु गर्न पत्राचार गरेको हो । यसअघि बैशाख ८ गतेदेखि पठनपाठन सुचारु गर्न भनिएको थियो ।
तर, विद्यालयहरूको भर्ना लगायत अन्य पूर्वाधार समेतको व्यवस्थापन गर्न समय अभावको कारण ३ दिनपछि ११ गतेबाट पठनपाठन सुचारु गर्न महानगरले पत्राचार गरेको छ ।
