काठमाडौँ । वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जुम्लाको हिमा गाउँपालिका घर भएका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढाको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
रेडियो नेपालको कार्यालय नजिकै फोरलेन सडक खण्डमा कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडीले बुढालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका बुढालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार बुढाको उपचारका क्रममा मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।