५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऋषवदेव घिमिरेद्वारा बैंककस्थित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग

अ+ अ-

काठमाडौँ । राष्ट्रिका साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन्।

थाइल्यान्डमा रहेका नेपाली भाषीको आग्रहअनुसार भाषा-साहित्यको ‘विकास, विस्तार, प्रवर्द्धन र सुधार’का लागि भन्दै कवि-साहित्यकार घिमिरेले १ सय ७५ वटा नेपाली साहित्यका पुस्तक उपलब्ध गराएका हुन्।

म्यान्मा र थाइल्यान्डका साहित्य प्रेमी माझ परिचित घिमिरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयका काठमाडौँस्थित प्रतिनिधिलाई नेपाली साहित्यका पुस्तक हस्तान्तरण गरे। 

नेपाल नागरिक समाज, भानु प्रतिष्ठान, राष्ट्रिका साहित्य प्रतिष्ठानलगायत एक दर्जन बढी सामाजिक संघ-संगठनमा आबद्ध कवि घिमिरेको म्यान्मा र थाईका नेपालीसामु ‘मनमनमा म्यान्मा’ सबैभन्दा धेरै रुचाइएको कृत्ति हो। 

ललितपुर, गोदावरी निवासी साहित्यकार घिमिरेका दर्जनौँ कृत्ति प्रकाशित छन्। तीमध्ये केही म्यान्माली नेपालीको जनजीवनसँगै सम्बन्धित छन्। उनी पटक पटक म्यान्माका नेपालीहरूको घरदैलोमा पुगेका छन्। यस अर्थमा पनि कवि घिमिरे बर्मेली र थाई नेपाली साहित्यको समिपमै छन्।

थाई नेपाली संघ बैंकक शाखाको संरक्षण र शिक्षा विभागको पहलकदमीमा स्थापित ‘आदर्श’ पुस्तकालयका पदाधिकारीहरूले साहित्यकार घिमिरेलाई पुस्तक सहयोगपछि धन्यवाद दिएका छन्। 

‘म्यान्मा र थाइल्यान्डका साहित्य प्रेमीको तर्फबाट वरिष्ठ साहित्यकार ऋषवदेव घिमिरेज्यूलाई पुस्तकका लागि एउटा अनुरोध-पत्र पठाएका थियौँ। उहाँले हाम्रो आग्रहलाई सहजै स्विर्कानुभयो। पुस्तक सहयोगका लागि उहाँलाई धेरै-धेरै धन्यवाद छ,’ थाई नेपाली संघ बैंकक शाखा, शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले भने।

प्रतिक्रिया दिनुहोस