काठमाडौँ। जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरेको छ ।
महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नु अघि साहलाई सात दिने स्पष्टीकरण सोधिएको थियो । साहले पार्टीमा पेस गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाउँदै छ महिना निलम्बन गरिएको हो । पार्टीले छ महिनाका लागि निलम्बन गरेको साहले बताए ।
पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्धमा गतिविधि गरेको लगायतका आरोप लगाइएको थियो ।
साहले आफू माथि लागेका आरोपको आधार पुष्टि गर्न माग गर्दै स्पष्टीकरण बुझाएको जानकारी गराएका छन् ।