२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माध्यमिकी परिक्रमाका यात्री फूलहर पुग्दै

अ+ अ-

महोत्तरी । मिथिला माध्यमिकी परिक्रमाका यात्री आज तेस्रो दिनको विश्रामका लागि भारतको मधुवनी जिल्लामा पर्ने फूलहर पुग्दैछन् । गत बिहीबार सुरु भएको १५ दिने यो परिक्रमा यात्रामा पहिलो दिन धनुषाको हनुमानगढी र दोस्रो दिन मधुवनीकै कलना रात्रि विश्राम गरेका यात्री आज तेस्रो दिनको बासका लागि फूलहर पुग्नेछन् । 

मिथिलाको महाकुम्भ मानिने यो यात्राका सहभागीको स्वागतसत्कार, भोजन, आवाससहितका प्रबन्धमा मटिहानीवासी जुटेका छन् । मटिहानीसहित जिल्लाका अन्य चार पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका प्रबन्ध र मेला व्यवस्थापनको अन्तिम तयारी जारी छ । जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन यात्रीका रात्रि विश्रामस्थल हुन् ।

महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको १३३ किलोमिटर वृत्तभित्र माध्यमिकी यात्रा गरिन्छ । त्रेता युगका श्रीराम र सीताको पदचिह्न पछ्याउन यात्रा थालिएको मानिन्छ । बृहत्तर जनकपुर क्षेत्र विकास कोषका साथै विश्रामस्थलमा सम्बन्धित स्थानका सामाजिक संघसंस्था तथा व्यक्तिले गच्छेअनुसार सहयोग गर्दै आएका छन् ।