काठमाडौँ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैन निवासी पत्रकार सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफूले अध्ययन गरेको मालिका आधारभूत विद्यालय ठुलासैनमा आफैले स्थापना गरेको शैक्षिक अक्षयकोषमा आर्थिक सहयोग गरेका छन ।
आफ्नो जन्मोत्सवका अवसरमा उनले २०७८ फागुन १५ गते “सुशील शैक्षिक नामक अक्षयकोष” स्थापना गरेका थिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ,सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक समेत रहेका भण्डारीले मंगलबार परेको जन्मदिनमा २८ हजार रुपैंया अक्षयकोषमा सहयोग गरेका हुन् ।
विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सुशील अक्षयकोष स्थापना गरेको अक्षयकोषकर्ता भण्डारीले बताए । आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । भण्डारीले आफूले स्थापना गरेको अक्षयकोषमा ४ वर्षको अवधिमा १ लाख बढी जम्मा गरेका छन ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौँ भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरी आफूले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौँ भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरी आफूले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर रावलले आफ्नो शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा भण्डारीलाई धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा समेत सामाजिक अभियानमा निरन्तर अघि बढ्न आग्रह गरे ।
गुणस्तरीय शिक्षाको मापन समाजका सदस्यहरूको मानवता, समाजको हितमा हुने उसको व्यवहारले निर्धारण गर्ने बताए । गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए । एक फरक प्रसंगमा बोल्दै रावलले विद्यालयमा भौतिक संरचनाको अभाव भएकोले त्यसको लागी आफूले पहल कदमी चाल्ने बताए ।







