२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

अ+ अ-

बागलुङ । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्र ताल । बुर्तिबाङ-ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ । 

चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाले विनियोजन गरेको रु. २५ लाखबाट ताल संरक्षणको काम अघि बढाइएको उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए । जंगलको बीचमा रहेको रुद्र ताल प्राकृतिक रूपमै सुन्दर रहेको र त्यसलाई थप व्यवस्थित गर्न थालिएको उनले बताए ।

उक्त बजेटले यस वर्ष सडकदेखि तालसम्म रेलीङसहितको पदमार्ग, खानेपानी र घेराबार गरिने तयारी भएको उपप्रमुख कायतले बताए । यसअघि पनि ताल संरक्षणको काम गरिए पनि अझै व्यवस्थित हुन नसेको भन्दै उनले पर्यटकका लागि स्वच्छ खानेपानी र विश्राम स्थल निर्माणका विषयमा पनि कुरा भइरहेको सुनाए ।

“यो ताल धार्मिक आस्थासँग पनि जोडिएको छ, पहिले सडकले नजोडिँदा ओझेलमा थियो, अहिले ताल नजिकैबाट ढोरपाटन उपत्यका पुग्ने सडक बनेकाले सिकार आरक्ष क्षेत्रमा पुग्ने हरेक पर्यटकले तालको अवलोकन गरेकै हुन्छन्, यसको संरक्षण गर्नका लागि हामीले प्रयास गरेका छौँ । यस वर्ष केही काम हुन्छ, बाँकी आगामी दिनमा गर्नेछौँ”, उपप्रमुख कायतले भने ।

तालमा वन्यजन्तुले पानी पिउन आउने हुँदा पर्यटकले नजिकैबाट अवलोकन गर्न सक्छन् । पछिल्लो समय यहाँ तालसँगै मृग, घोरललगायत वन्यजन्तु नजिकैबाट अवलोकन गरेर पर्यटकले थप आनन्द लिन थालेका छन् ।  भुजीखोलाको शिरमा पर्ने यो तालबाट बग्ने पानीले स्नान गर्दा छालासम्बन्धी रोग लाग्दैन भन्ने जनविश्वाससमेत रहेकाले पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको छ ।

नेपालकै एक मात्र ढोरपाटन सिकार आरक्ष जाने सडकसँग जोडिएपछि पछिल्लो समय ताल धेरैको रोजाइमा पर्न थालेको नगरपालिका-९ का वीरबहादुर घर्तिमगरले बताए । एक दशक अगाडिसम्म सुनसान रहेको तालमा हाल पर्यटकको निकै चहलपहल बढेको उनले जानकारी दिए । ताल वरपर बगैँचा, प्रतीक्षालय, शौचालय र खानेपानीको व्यवस्थापन गर्न सकेमा धेरै सहज हुने र आकर्षण थप बढ्ने घर्तिमगरको भनाइ छ ।

“रुद्र ताल यस क्षेत्रकै चर्चित ताल हो, जङ्गलको बीचमा यति सुन्दर ताल छ, यसको अझै प्रचारप्रसार र प्रवर्द्धन आवश्यक छ,” उनले भने, “तालमा पानी सुक्न थालेको छ, के कारणले यस्तो भएको हो बुझ्न सकिएको छैन । ताल सुक्यो भने त अस्तित्व नै समाप्त हुन्छ, सरोकार भएका निकायले यसतर्फ ध्यान दिनुपर्छ ।”