२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदै

अ+ अ-

काठमाडौँ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदै छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएर फिर्ता भएको सन्देश सुनाउने कार्यक्रम छ ।

यो विधेयक २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसबेला प्रधानमन्त्री थिए । ओलीले ल्याएका यो विधेयक २०७९ साल चैत २७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।

राष्ट्रिय सभाबाट पारित भएर गएको विधेयकमाथि प्रतिनिधिसभामा २०८० साल भदौ ३१ गते सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफल पछि दफावार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो ।

२०८१ साल पुस १८ गते राज्य व्यवस्था समितिले भ्रष्टाचारसम्बन्धी विधेयक पारित गरेको थियो । त्यसलाई यही फागुन ५ गते प्रतिनिधि सभाले पास गरेको थियो । प्रतिनिधि सभाबाट पारित भएर फिर्ता भएको सन्देश आज ९आइतबार० राष्ट्रिय सभामा सुनाउन लागिएको हो ।

यसका अलावा आज राष्ट्रिय सभामा प्रतिनिधि सभाले विद्युतीय व्यापार विधेयक पारित गरेको सन्देश पनि सुनाइँदै छ । यो विधेयक पनि राष्ट्रिय सभामा दर्ता भएर पारित भएर प्रतिनिधि सभामा पठाएको थियो ।