११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रेसकेटिएमको हराभरा सपना : विषादीमुक्त उत्पादनका लागि एकीकृत प्रयास

अ+ अ-

रौतहट । नेपालमा स्वास्थ्यकर र सुरक्षित तरकारी तथा अन्न उत्पादनलाई नयाँ पहिचान दिँदै आएको फ्रेसकेटिएम फार्मिङले १०० बिघा क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी र खाद्यान्न उत्पादन गरिरहेको छ। रौतहटस्थित वृन्दावनमा फैलिएको यो फार्मले विषादी न्यून प्रयोग गर्दै तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी, दाल लगायतका उत्पादन गरिरहेको छ।

फ्रेसकेटिएमले आफ्ना उत्पादनहरू काठमाडौँका रातो पुल, सम्झिखेल र भैंसेपाटीस्थित आउटलेटहरूमार्फत उपभोक्तासम्म पुर्‍याईरहेको छ। विषादी न्यून खेती प्रणाली अपनाएकाले यहाँ उत्पादित तरकारी र खाद्यान्न स्वास्थ्यकर, ताजा र सुरक्षित रहेको दाबी गरिएको छ।

एकीकृत कृषि मोडेल: पोषण र कीट नियन्त्रणमा नयाँ दृष्टिकोण
फ्रेसकेटिएम फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत कीट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकास गरेको कम्पनीका डाइरेक्टर शिव न्यौपानेले जानकारी दिए। उनका अनुसार फार्ममा अहिले २५ भन्दा बढी प्रकारका तरकारी, गहुँ, तोरी र दाल उत्पादन भइरहेको छ, जसले उपभोक्ताहरूलाई स्वास्थ्यकर खानामा पहुँच पुर्‍याउन मद्दत गरिरहेको छ।

‘स्वस्थ उत्पादनका लागि हामी आफ्नै कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्म जीवहरू उत्पादन गर्दै आएका छौँ। साथै, खर्चिलो मानिने यो खेती पद्धतिलाई कसरी कम लागतमा सञ्चालन गर्न सकिन्छ भन्ने अनुसन्धान पनि गरिरहेका छौँ’ न्यौपाने भन्छन्।

जिरो वेस्ट इकोसिस्टम र आत्मनिर्भर उत्पादन
फ्रेसकेटिएम फार्म जिरो वेस्ट इकोसिस्टम अवधारणाअन्तर्गत सञ्चालित छ। फार्ममा २५० भन्दा बढी भैँसीहरू पालिएका छन्, जसको गोबर र अन्य जैविक स्रोतहरूबाट कम्पोस्ट मल, भर्मी कम्पोस्ट र जैविक सूक्ष्म जीवहरू उत्पादन गरी माटोको उर्वराशक्ति बढाइन्छ। यसले रासायनिक मल तथा विषादीको प्रयोग न्यून पार्दै स्वस्थ उत्पादनलाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

न्यौपानेका अनुसार फार्मभित्र आवश्यक पर्ने खाद्यान्न समेत उत्पादन गरिन्छ, जसले बाहिरी स्रोतमा निर्भरता घटाउँदै स्थानीय स्रोतहरूको अधिकतम उपयोग गर्ने अवधारणा अगाडि बढाएको छ।

स्वस्थ उत्पादन आफ्नै आउटलेट, थप विस्तारको तयारी
फ्रेसकेटिएम फार्मिङले उत्पादन गरेका भण्टा, गाजर, बोडी, खुर्सानी, टमाटर, काउली, बन्दा, करेला, काँक्रो, गहुँ, तोरीको तेल, तोरीको साग र विभिन्न प्रकारका दालहरू आफ्नै आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध गराइरहेको छ।

विषादी नियन्त्रित उत्पादनको माग बढ्दै गएकाले फ्रेसकेटिएमले अब काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा आफ्ना आउटलेटहरू विस्तार गर्ने तयारी गरेको छ। नयाँ आउटलेटहरू खोल्ने काम अन्तिम चरणमा पुगेको न्यौपानेले जानकारी दिए।

विषादी नियन्त्रित खेतीको अपनाइएको विधि
फ्रेसकेटिएम फार्मिङले रासायनिक मलको प्रयोग न्यून, जैविक मलको अधिकतम प्रयोग तथा वनस्पति विषादीको प्रयोग गर्दै विषादी नियन्त्रित खेती पद्धति अपनाएको छ। अत्यावश्यक अवस्थामा मात्र रासायनिक विषादी प्रयोग गरी उचित मापदण्डअनुसार तरकारी टिप्ने गरिएको न्यौपानेले बताए।

फ्रेसकेटिएमको यो कृषि मोडेलले स्वस्थ उत्पादन, सुरक्षित खेती प्रणाली र कम लागतमा दिगो कृषि प्रणालीको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। विषादी न्यून खेती प्रणालीका कारण उपभोक्ताले भरपर्दो, सुरक्षित र स्वस्थ उत्पादन सहजै प्राप्त गर्न सक्ने कम्पनीको विश्वास छ।

प्रतिक्रिया दिनुहोस