५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान सफल बन्दै गएको छ-‘प्रचण्ड’

अ+ अ-

बागमती । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति आफ्नो पार्टीले प्रारम्भ गरेको अभियान सफल बन्दै गएको बताएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका-४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा आजदेखि सुरु भएको ‘बागमती गोल्ड कप’ फुटबल प्रतियोगिताको उद्घाटन गदै उनले सुशासनका, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा आफ्नो पार्टीले थालेको अभियान सफल बन्दै गएको बताए ।

“हामीले देशैभरि  राष्ट्रिय एकता निर्माणको अभियान थालेका छौँ”, अध्यक्ष दाहालले भने, “सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानले देशैभरि नयाँ आशाको किरण देखिएको छ ।” सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै  आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्ने बताउँदै अध्यक्ष दाहालले यसमा सबैलाई लामबद्ध हुन आह्वान गरे ।

नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापी रूपमा स्थापित गर्न खेलकुदको विकास महत्त्वपूर्ण भएको उल्लेख गदै उनले स्थानीय सरकारले पनि यसमा ध्यान दिनुपर्छ भने ।  खेलका कारण देशको प्रतिष्ठा उच्च बनाउन सकिने उनको अभिमत थियो । 

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरू प्रेमप्रसाद पुलामी, कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलान लगायत उपस्थित थिए ।  

सामाजिक न्याय र आर्थिक समृद्धिका र सर्लाही मैदानमा
उद्घाटन खेलमा बागमती गाउँपालिका र बागमती युथक्लब सर्लाहीबीच प्रतिस्पर्धा भइरहेको छ । बागमती गाउँपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ‘ए डिभिजन क्लब’का सात र मोफसलका तीन टोली सहभागी छन् । 

गाउँपालिकाको लगानीमा रंगशाला
बागमती गाउँपालिकाले वडा नं ४ झुरझुरेमा सहिद स्मृति फुटबल रंगशाला रु. तीन करोड ६० लाख ८८ हजारको लागतमा प्यारापिटसहित सुविधा सम्पन्न निर्माण गरेको हो । बाइस हजार ९२५ वर्ग मिटरमा निर्माण भएको रंगशालाको क्षमता दुई हजार ५०० दर्शको  छ ।

प्रतिक्रिया दिनुहोस