काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्ट एफसी चितवनको मार्की प्लेअर नियुक्त भएका छन् । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि चितवनले अञ्जनलाई मार्की नियुक्त गरेको हो ।
अञ्जन दोस्रो सिजनमा झापा एफसीको मार्की खेलाडी थिए । पहिलो सिजन अञ्जन ललितपुर सिटी एफसीको मार्की थियो ।
अञ्जन तीन संस्करणमा तीन फरक क्लबबाट मार्की बन्ने अञ्जन एक मात्र खेलाडी हुन् ।