२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीके राउतले भने-तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि राजनीतिमा आएका होइनौँ 

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताएका छन् ।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउँदै उनले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भए पनि त्यसका लागि धैर्यता राख्नुपर्ने जिकिर गरे ।

‘हामी राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन, प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौँ भने यसले तुरुन्तै देशलाई निकास नै दिन सकेन, यसले खोइ प्रधानमन्त्री बनाउन सकेको रु यसले खोइ संसद्लाई नियन्त्रण गर्न सकेको, यसले खोइ कानुन बनाउन सकेको ?,’ राउतले भने ।

आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभई विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको उनले बताए ।

‘धैर्यता राख्नु आवश्यक छ । जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैर्यता हामी नेतृत्व वर्गमा पनि चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुने कुरा होइन,’ राउतले भने ।