काठमाडौँ । अछामको ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको विश्वज्योति आधारभूत विद्यालय ढकारी १ रिमाबाट एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ ।
ढकारी गाउँपालिका स्तरीय कार्यक्रम वडा खोप समन्वय समितिका संयोजक तथा ढकारी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष उमा बहादुर बुढाको अध्यक्षता एक कार्यक्रमकाबीच अभियानको शुभारम्भ गरिएको हो ।
मंगलबार आज (माघ २२) गते सञ्चालन भएको एचपिभी खोप अभियान देखि फागुन ६ गतेसम्म चल्ने छ ।
अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ८ सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई नि:शुल्क रूपमा एचपीभी खोप लगाइने छ ।
एचपीभी खोप अभियान कार्यक्रम अन्तर्गत विश्वज्योति आवि ढकारीमा २७ जना, कालिका देवी माविमा ११० जना, पञ्चज्योति आविमा २३ जना, बलाता मनकामना माविमा ७८ जना, ज्ञान मन्दिर मावि ढका रीमा ३५ जना, गोकुल आवि ६१ जना, अष्टसिद्धि मावि ढकारीमा ९१ जना, मालिका मावि टिमुमा ४१ र बिपी स्मृति आविमा १३ जना गरी जम्मा जम्मा ४७९ जना किशोरीहरूलाई खोप लगाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ढकारी गाउँपालिकाकी उपाध्यक्ष नेत्रकला शाही रहेकी थिइन्। उनले कार्यक्रममा ब्यानर वाचन गर्दै सबै किशोरीहरूले नि:शुल्क रूपमा पाइने एचपीभी खोप सबै किशोरीहरूले लगाउनु पर्ने बताएकी थिइन् । यस्तै कार्यक्रममा एचपीभी खोपबारे ढकारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरत बहादुर बुढाले प्रस्ट पारेका थिए







