Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व संकलन


७ माघ २०८१, सोमबार


वीरगञ्ज(पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा रु ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन गरेको छ । 

भन्सार विभागले कार्यालयलाई चालु आवको ६ महिनाको अवधिमा रु एक खर्ब चार अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व संकलन सुधारोन्मुख रहेको बताए। 

“सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि उत्साहजनक देखिएको छ,” उनले भने, “साउनयता पुस महिनामा उच्च राजस्व संकलन भएको छ ।” 

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको साउन महिनामा रु १२ अर्ब १५ करोड राजस्व संकलन गरेको छ । यसैगरी, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड तथा पुसमा चालु आवकै बढी रु १५ अर्ब ४७ करोड राजस्व संकलन गरेको छ । 

कार्यालयले चालु आवको ६ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको  महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख राजस्व संकलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व संकलन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस