काठमाडौँ। प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार झापा बुद्ध शान्ति गाउँपालिका-४ घर भई काठमाडौँ शान्तिनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरिएको हो ।
योसँगै त्रिपाठीमाथि कुटपिट आरोपमा पक्राउ परेका व्यक्तिहरूको संख्या ३ जना पुगेको छ । यसअघि हुम्ला अदानचुली गाउँपालिका-४ घर भई काठमाडौँ सूर्यदर्शन हाइट ३२ वर्षीय महेन्द्र पाण्डे र दोलखा तामाकोशी गाउँपालिका-१ घ भई ललितपुर महालक्ष्मी-५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यही माघ २ गते काठमाडौं अदालतको परिसरमा त्रिपाठीमाथि हातपात भएको थियो । सहकारी रकम अपचलनमा रविविरुद्धको मुद्दामा त्रिपाठीले सहकारपीडितको तर्फबाट बहस गरेका थिए ।