२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जय ट्रफीमा साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, भुर्तेलको हात खाली

अ+ अ-

काठमाडौँ । जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लबका बलर साहब अलाम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गर्दै उनले सर्वाधिक ३३ विकेट लिएका थिए ।

त्रिभुवन आर्मी फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भए पनि साहबलाई सर्वोत्कृष्ट छनोट गरिएको हो । फाइनलका दुई इनिङमा साहबले १२ विकेट लिए पनि टिमलाई जिताउन सकेका थिएनन् ।

फाइनल खेलको प्लेयर अफ द म्याच भने सागर ढकाल छनोट भए । ढकालले पहिलो इनिङमा ५ र दोस्रो इनिङमा ६ विकेट लिँदै टिमलाई जिताएका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट ब्याटरको अवार्ड मधेस प्रदेशका मयन यादवलाई दिइएको छ । उनले सर्वाधिक २६८ रन बनाएका थिए । यद्यपि, मधेस प्रदेश समूह चरणबाटै आउट भएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट बलरको अवार्ड पनि साहबलाई नै मिलेको छ ।

प्रतियोगिताभरि अलराउन्ड प्रदर्शन गरेका पुलिस क्लबका कुशल भुर्तेलले भने कुनै पनि पुरस्कार पाएनन् । उनले प्रतियोगितामा दुई अर्धसतकसहित २४६ रन बनाए भने कुल १८ विकेट लिए । उनी सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुवै सुचीमा तेस्रो स्थानमा रहेका छन् ।