काठमाडौँ। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दामा तेह्रौँ पटक तोकिएको पेसी पनि सरेको छ ।
१३ औँ पटक आज पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।
उच्च अदालत जनकपुरमा न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको संयुक्त इजलासमा परेको यो मुद्दाको पेसी अगामी माघ २३ गतेको लागि सरेको अदालतले स्रोतले जनाएको छ ।
०७२ भदौ २५ मा भएको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका सांसद शर्माको तर्फबाट उनका पिता महेन्द्र शर्माले २०८१ वैशाख ९ गते उच्च अदालतमा दर्ता गराएको मुद्दाको पेशी पटक-पटक स्थगित हुँदै आएको छ ।
यसअघि २०८१ पुस १७ मा महेन्द्रनाथ उपाध्याय र ध्रुव कुमार पियाको संयुक्त इजलासमा पेसी परेपनि हेर्ने नभ्याइनेमा परेको थियो ।
मधेश प्रदेश सभाले २०८१ वैशाख १८ गते सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा दोषी ठहरिएपछि सांसद शर्मालाई निलम्बन गरेको थियो ।