Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एकै महिनामा सीआईबीको कालोसूचीमा परे १४ सहकारी 


२ माघ २०८१, बुधबार


काठमाडौँ । एक दर्जन भन्दा बढी सहकारी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले पुस महिनामा १४ वटा सहकारी संस्थालाई कालोसूचीमा राखेको हो । बैंक तथा वित्तीय संस्थाहरूले समयमा कर्जा नतिर्ने सहकारीहरूलाई कालोसूचीमा राख्न सिफारिस गर्छ । सोही सिफारिस अनुसार कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ ।

कुनै व्यक्ति वा संस्थाले लिएको कर्जा निष्क्रिय भएमा, भाखा नाघेमा त्यस्ता व्यक्ति तथा कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई परिपत्र गर्छ । सोही आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ ।

केन्द्रले कालोसूचीमा राखेपछि त्यस्ता व्यक्ति तथा संस्थाहरू वित्तीय सेवा लिनबाट बन्देज हुन्छन् । उनीहरूले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनः कर्जा समेत पाउँदैनन् । राज्यबाट समेत उनीहरूले विभिन्न सेवा सुविधा नपाउन सक्ने कर्जा सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार डाँफे बचत तथा ऋण सहकारी संस्था कालोसूचीमा परेको छ । पुस ४ गते कालोसूचीमा परेको यस सहकारीका सञ्चालकहरूमा जुनिला प्रधान, ज्वालामान प्रधान र नारायण प्रसाद घिमिरे रहेका छन् । सोही दिन गणेश भण्डारी र उत्तम बानियाले सञ्चालन गरेको श्रमिक समुन्नत बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको छ ।

त्यस्तै, दिनेश अधिकारी, पुष्पराज ढकाल र युवराज दाहालले सञ्चालन गरेको इफिसियन्ट बचत तथा ऋण सहकारी संस्था र चन्द्रलाल लामा र राजेश कुमार मोक्तानले चलाएको हरितभुमि कृषि सहकारी संस्था पुस ९ गते कालोसूचीमा परेको छ । विकास महर्जनको सुमेरु बचत तथा ऋण सहकारी पनि कालोसूचीमा परेको छ ।

विराज भुजेल, विष्णुप्रसाद तिवारी र ध्रुवराज चालिसे सञ्चालक रहेको मेगा बचत तथा ऋण सहकारी संस्था समेत कालोसूचीमा परेको छ । हेदर अलि र शेख अलौदिन सञ्चालक रहेको नजर कृषि सहकारी संस्था कालोसूचीमा परेको छ ।

कर्जा सूचना केन्द्रका अनुसार गएको पुस महिनामा पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था, अर्थवृद्धि बहुउद्देश्यीय सहकारी संस्था, महाभारत जडीबुटी कृषि सहकारी संस्था, एशियन बचत तथा ऋण सहकारी संस्था, मैङ्लुङ सिंहदेवी बचत तथा ऋण सहकारी र हामी एक बचत तथा ऋण सहकारी संस्था कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस