Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

त्रिदेशीय नाका जोड्ने सडकमा एक अर्ब बजेट


२ माघ २०८१, बुधबार


काठमाडौँ । सरकारले खुटिया, दिपायल, चैनपुर, उरैभन्ज्याङ सडक योजनाका लागि एक अर्बको स्रोत सुनिश्चितता गरेको छ ।

धनगढी हसनपुरबाट सुरु भएर स्याउले खुटिया हुँदै दिपायल चैनपुर र चिनियाँ सिमाना उरैभन्ज्याङसम्म जोड्ने सडकको चर्चा धेरै भएपनि बजेट अभावमा कामले तीव्रता पाउन सकेको थिए । तर, अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले उक्त योजनालाई स्रोत सहमति प्रदान गरेको विवरणमा समावेश गरेर १ अर्ब रकमको स्रोत सुनिश्चितता गरेपछि रोकिएको काम अघि बढ्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमको मात्र नभई मुलुकको आर्थिक संवृद्धिमा टेवा पुग्न सक्ने नेपाल भारत र चीन जोड्ने मार्ग निर्माणमा सरकारले तदारुकता देखाएको भन्दै नेकपा एमाले जिल्ला कमिटी बझाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आभार प्रकट गरेको छ ।

पुस १३ गते बालुवाटार पुगेर एमाले बझाङको सिंगो टोलीले प्रधानमन्त्री ओलीसँग ११ बुँदे माग राखेको थियो । त्यसको दोस्रो नम्बरमा खुटिया दिपायल चैनपुर ताक्लाकोट सडकलाई बजेट विनियोजन गर्न माग थियो ।

प्रधानमन्त्रीलाई माग राखेको एक महिनामै उक्त सडकको लागि बजेट विनियोजन गरेर काम अघि बढाउने वातावरण सृजना गरिएको एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा इन्चार्ज ऐन महरले बताएका छन् ।

चीन र भारतलाई जोड्ने यो सबैभन्दा छोटो सडक हो ।यो सडकखण्ड निर्माण गर्न सके सुदूरपश्चिम प्रदेश त्रिदेशीय व्यापारिक क्षेत्रका रूपमा स्थापित हुने र संवृद्धिको ढोका खुल्ने नेता महरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस