Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल विजयी


२१ पुस २०८१, आइतबार


काठमाडौँ  । शनिवार सम्पन्न सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन् ।

उनले ३६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाउँदा अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका छन् ।

यस्तै, उपाध्यक्षमा अम्बर बहादुर राउत र सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन्। यसैगरी सह-सचिवमा अधिवक्ता पुन्ददेवी महर्जन,कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल विजयी भएका छन्।

यस्तैगरी,महिला सदस्यमा अधिवक्ता सुधा धिताल र खुला सदस्यहरूमा अधिवक्ताहरू दुर्गा मोहन श्रेष्ठ,इन्द्रशेखर खड्का,प्रदीपकुमार श्रेष्ठ, नागेश्वर प्रसाद चौधरी,निर्मल प्रसाद उपाध्याय,ओमकृष्ण श्रेष्ठ,प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी विजयी भएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस