Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विपन्न समुदायका तीन हजारलाई कपडा वितरण


२० पुस २०८१, शनिबार


कैलाली । ब्राह्मण समाज कैलालीले विपन्न समुदायका लागि कपडा वितरण सुरु गरेको छ । यही पुस १ गतेदेखि सुरु गरिएको कपडा वितरण हालसम्म तीन हजार नागरिकसम्म पुगेको समाजका अध्यक्ष रामप्रसाद रिमालले बताए । 

“कसैसँग धेरै कपडा हुने र कसैसँग नहुने अवस्था भएकाले भएकाबाट संकलन गरेर नहुनेलाई वितरण सुरु गरिएको हो”, उनले भने, ‘‘सबैतिरबाट सहयोग मिलेको छ । नयाँ र पुराना सबै खाले कपडा उपलब्ध भएका छन् ।’’

चिसो बढेपछि कपडा वितरण केन्द्रमा दैनिक तीन सय जनासम्म कपडा लिन आउन थालेको उनले बताए । “एक जनालाई दुई जोर लुगा दिने गरेका छौँ, अत्यावश्यक भएकाले लुगा आफैँ छानेर लैजाने गर्नुभएको छ”, उनले भने ।

 न्यानो लुगा लिन आएका ७८ वर्षे सुरेन्द्र चौधरीले दुई वटा ज्याकेट पाए । “लाइनमा बस्न सक्दिन, मलाई लुगा मिलाइदिनुस् भनेपछि दुई वटा ज्याकेट पाए”, उनले भने, “घरमा बुढाबुढी मात्र छौँ, कमाउन सक्दैनौँ, जाडो छेक्न  न्यानो  लुगा छैनन्, यी ज्याकेट पाएपछि सजिलो भयो ।”

जानकी गाउँपालिका-१ दुर्गौलीकी फुलमती चौधरीले चिसो मौसममा यसरी निःशुल्क रूपमा कपडा वितरण गर्नु राम्रो काम भएको बताए । “लुगा किन्न नसक्ने हामी जस्तालाई ठूलो सहयोग हो”, उनले भनिन्, “कसैका घरमा टन्न लुगा हुन्छन्, कसैसँग एकसरो लुगा हुँदैनन्, यस्ता व्यक्तिलाई लुगा पाइने यो कार्य पुण्यको काम हो ।”

प्रेरणा चौधरी र शान्ति थारुले चिसोमा लुगा कपडा किन्न नसक्नेका लागि निःशुल्क लुगा वितरणले राहत मिलेको बताइन्। एकता नगर बस्तीकी रमा भुल एक घण्टासम्म लाइनमा बसेर एक वर्षको बच्चा र आफ्ना लागि चाहिने लुगा लिएर जनाइन् । “आफ्ना लागि लुगा लिन आएकी थिए, बच्चाका कपडा पनि पाएँ”, उनले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस