Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘महिला क्रिकेटको विकास प्राथमिकता’


१९ पुस २०८१, शुक्रबार


बैतडी । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको विकास प्राथमिकतामा रहेको बताएका छन् ।

बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताको उद्घाटन गदै अध्यक्ष चन्दले महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट संघले प्राथमिकता राखेको बताए ।

अध्यक्ष चन्दले भने, “महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट संघले प्राथमिकतामा राखेको छ । महिला खेलाडीलाई पनि तलब दिने र उनीहरूको क्षमता अभिवृद्धि हुने खालले प्रतियोगिता आयोजना  गरिरहेका छौँ ।”

पुरुष क्रिकेट मल्टी डे पर म्याटमा गइरहेको बताउँदै अध्यक्ष चन्दले महिला क्रिकेटलाई पनि वानडे पर म्याटमा लैजाने तयारी रहेको बताए । उनले भने, “नेपाली क्रिकेटमा सुदूरपश्चिमको ठूलो योगदान छ । यहाँ पूर्वाधारको अभाव छ । सरकारले यसमा ध्यान दिन जरुरी छ ।” लामो समयसम्म क्रिकेट खेलेका खेलाडीलाई सन्यासपश्चात् प्रशिक्षक र अम्पायर तालिम दिने काम क्यानले गरिरहेको छ । 

उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले क्रिकेटको माध्यमबाट नेपाल विश्वमा चिनिएको बताए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले क्रिकेटमा लागेका खेलाडीलाई क्षमता अभिवृद्धि र उमेर समूहका प्रतियोगितालाई प्राथमिकतामा राखिएको बताए । आजदेखि सुरु भएको प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस