काठमाडौँ । दुई जना सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा उपसचिवहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगको सिफारिस अनुसार २०८१ पुष १७ गते बसेको बढुवा समितिको बैठकले कार्यक्षमता मूल्यांकनद्वारा हुने नेपाल शिक्षा सेवा, र नेपाल इन्जिनियरिङ सेवा लागि उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस हुने उम्मेदवारहरू नन्दलाल पौडेल, विक्रम श्रेष्ठ जुवा रहेका छन् ।







