२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज

अ+ अ-

भोजपुर । ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रूपमा पनि सक्षम बनेका छन् ।

सदरमुकामको देउराली चोकबाट चखेवा भञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाडौँ पुगिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ ।

यहाँ  उत्पादन भएका कृषि उपज किसानले काठमाडौँ बाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बिच्दै आएका छन् । केही व्यापारी धान मकै किन्न घर खेतमा  नै पुग्ने गरेको टेम्केमैयुङ-५ का किसान सन्तोष विष्टले बताए ।

यसैबीच, जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादनको बजारीकरण पनि सहज भएको छ । 

एसियाली विकास बैंकको ऋण सहयोगमा  भोजपुर-लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । भोजपुरको लेगुवाबाट धनकुटा हुँदै धरान जोड्ने यो सडकमा नियमित रूपमा सार्वजनिक सवारीका साधन सञ्चालन भएपछि व्यापारीलाई पनि उद्यम गर्न सजिलो भएको छ ।