२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माको टिप्पणी : एमालेसँग सात बुँदे समझदारी गरेका हौँ, कमजोरी नै नकेलाउने भन्ने आठौँ बुँदा छैन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । पूर्वकर्मचारी समाज नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र प्रश्न उठाउँदा कारबाही गरेकोप्रति कटाक्ष गरेका हुन् ।

उनले भने, ‘हामीले काँग्रेस र देश बनाउने डिजाइन बनाएर एकताबद्ध भएर लाग्दा आगामी दिन काँग्रेसले नै नेतृत्व गर्ने हो । त्यसका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । यसो भन्दै गर्दा तपाईँहरूले पार्टीका नेताहरूको द्वन्द्व र फरक फरक विचार सुन्नुहोला । हुन्छ त यो कम्युनिष्ट पार्टी हो र रु जहाँ प्रश्न गरिसक्दा मान्छे कारवाहीमा पर्छ ।’

उनले प्रधानमन्त्रीले ओलीले काँग्रेसजस्तो अलोकतान्त्रिक दल कुनै छैन भनेको प्रति पनि व्यंग्यात्मक शैलीमा जवाफ फर्काए ।

उनले थपे, ‘अहिले सरकारमा सँगै सहकार्य गरेको छ केही भन्नै हुँदैन भन्ने होइन । हामीले सात बुँदे समझदारी गरेर अघि बढेका हौँ । आठौँ कुनै बुँदा छैन एक अर्काको कमजोरी नकेलाउने भन्ने । मैले प्रधानमन्त्रीलाई संसदमा पनि भनेको थिएँ, काँग्रेसमा सभापतिमा प्रतिस्पर्धा गरेका सबै यहीँ हुनुहुन्छ । सबै प्रतिस्पर्धीलाई एकताबद्ध गर्ने तागत काँग्रेसले राख्छ । तपाईँको पार्टीमा तपाईँसँग प्रतिस्पर्धा गर्ने अछाम जिल्लाको कहाँ हुनुहुन्छ म सोध्न चाहन्न भनेको थिएँ । कुनै दलको विषय दलको मात्रै हुँदैन ।’

उनले पार्टी जीवनमा अनुशासन आवश्यक भए पनि कसैको राजनीतिक जीवन नै समाप्त पार्न नमिल्ने तर्क गरे ।