काठमाडौं। लेखक तथा पत्रकार राजेश खनालद्वारा लिखित पुस्तक ‘चिकित्साका चौध तारा’ सार्वजनिक भएको छ। पुस्तकमा चौध जना प्रख्यात चिकित्सकहरूको व्यक्तिवृत्त समेटिएको छ। खनालको यो तेस्रो कृति हो। यसअघि उनका ‘पाइला आफ्नै आफ्नै’ (व्यक्तिवृत्त) र ‘घुरको धुवाँ’ (संस्मरण संग्रह) प्रकाशित भइसकेका छन्।
नेपालको अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारले प्रकाशन गरेको यो पुस्तकको मूल्य रुपैयाँ ३९५ रहेको छ। कृतिले नेपाली समाजमा चिकित्सा क्षेत्रका विशिष्ट व्यक्तिहरूको योगदानलाई उजागर गरेको छ ।