काठमाडौँ । टोखा नगरपालिकाले वडा नम्बर ३ विष्णुमती करिडोर आसपासमा रहेका अवैध संरचना हटाएको छ ।
नगरपालिकाले सोमबारदेखि सामुदायिक सेवा केन्द्रमा सार्वजनिक जग्गाहरूमा निर्माण गरी सञ्चालनमा रहेका टहरा तथा पसलहरू हटाएको हो ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले टोखाको वैकल्पिक मार्ग गोंगबुदेखी बुढानीलकण्ठ नगरपालिकाको सिमानासम्म सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना हटाइएको बताए ।
नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितिको निर्णय अनुसार सोमबार बिहान ७ बजेदेखि अवैध संरचनाहरू भत्काउन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए ।







