११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-नेपालमा लगानी गरी मुनाफा बाहिर लैजान सरकारले अवरोध गर्दा विदेशी कम्पनी डराए

अ+ अ-

काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने कम्पनीलाई मुनाफा बाहिर लैजाने क्रममा सरकारले अवरोध गर्दा वैदेशिक लगानी नआएको बताएका छन् । सरकारको नीतिका कारण विदेशी कम्पनी नेपालमा लगानी गर्न डराइरहेको थापाको भनाइ थियो ।

मानवअधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा महामन्त्री थापाले नेपालमा लगानीमैत्री वातावरण बनाउन नसकिएको बताए ।

‘नेपालमा अहिले लगानी गरेर मुनाफा कमाएर बाहिर लग्न खोज्ने तीन कम्पनीहरूलाई सरकारले अवरोध सिर्जना गर्दा उनीहरू र अन्य कम्पनीहरू पनि नेपालमा लगानी गर्न डराइरहेका छन् । ती कम्पनीहरूको नाम लिन म पनि डराइरहेका छु, ‘थापाले भने, ‘हामीलाई फाइदा चाहिएको छ तर हामीले वातावरण बनाउन सकिरहेका छैनौँ ।’

नेपालले विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिदेओस् भन्ने चाहेर मात्र उनीहरू लगानी गर्न नआउने थापाको भनाइ थियो । सरकारले विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उनको तर्क थियो ।

रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको उल्लेख गर्दै उनले त्यसको लागि सरकारले सहज वातावरण सिर्जना गरिदिनुपर्ने धारणा राखे । ‘हामी सबैले हाम्रा छोराछोरी यही नेपालमै बसुन् भनेर चाहिरहेका छौँ । तर त्यसका लागि हामीले के गरेका छौँ रु यसका लागि के गर्ने त अब ? हामीले पाँच लाख मानिसलाई एक आर्थिक वर्षमा रोजगारी दिनुपर्छ । सिर्जना गर्नुपर्छ । हामी रोजगारीलाई वर्षमा नाप्दैनौँ, ‘थापाले भने, ‘राजस्व र विकास निर्माणमा जोड्छौँ, यसरी हुँदैन । रोजगारी सिर्जना सरकारले गर्न सक्दैन । रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो तर सरकारले त्यसको लागि वातावरण बनाइदिनुपर्छ । रोजगारी सिर्जनाका गर्नको निजी क्षेत्रमा लगानी चाहिन्छ । कसैले दया गरेर त लगानी आउँदैन । निजी क्षेत्रले मुनाफा गर्नुलाई समाजले जहिलेसम्म स्विकार्दैन तबसम्म रोजगारी सिर्जना हुन सक्दैन ।’

थापाले एमाले र काँग्रेसको सरकारले रोजगारीको मुद्दालाई प्रतिस्पर्धाको विषय बनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरूले २०८४ को मात्र कुरा गर्ने भन्दै अहिलेको जिम्मा कसले लिने हो ? भन्दै प्रश्न गरेका थिए ।

सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपाली कम्पनीहरूलाई विदेशी मुद्रा सटही गरेर नेपाल बाहिर पनि लगानी गर्न दिनुपर्ने थापाको सुझाव थियो । सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीको लागि बाहिर लगानी गर्न राष्ट्र बैंकले बाटो खोलिदिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस