२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको साझा समस्या सुशासन कायम गर्नु हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मुलुकको साझा समस्या सुशासन कायम गर्नु रहेको बताएका छन् । तर, सुशासन भएन भनेर भन्न जाने ठाउँ कहाँ हो भन्नेमा सबै रनभुल्लमा रहेको उनको भनाइ छ ।

आइतबार संसद् सेवा दिवसका अवसरमा सिंहदरवारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा जति पनि राजनीतिक परिवर्तन भए सुशासनको विषयमा कहिल्यै जनताले प्राप्त गर्न नसकेको बताए ।

‘जति पटक जुन किसिममा राजनीतिक परिवर्तन भए पनि हाम्रो साझा समस्याको रूपमा सुशासन रहँदै आएको छ । अब यो सुशासन भएन भन्ने ठाउँ कहाँ छ रु यो प्रश्नमा बहस र छलफल हुनुपर्छ,’ उपाध्यक्ष दाहालले भने ।

जसले सुशासन छैन भनिरहेको छ उही व्यक्तिहरू समेत त्यसको जिम्मेवार रहेको बुझ्न आवश्यक रहेको उनले बताए ।

‘हामी व्यवस्थापिकामा बसेका छौँ, जिम्मा लिएका छौँ । सभामुख हुनुहुन्छ, म छु । यो ठाउँबाट हेर्दा हामी नै सुशासन भएन भनिराख्छौँ । कार्यपालिकातिर गयो प्रधानमन्त्रीदेखि मन्त्री सबैले सुशासनै समस्या भयो भनिराखेको सुन्छौँ,’ अध्यक्ष दाहालले भने ।

सांसदले पनि सुशासन भएन भन्ने गरेको उनले स्मरण गरे । ‘हामी माननीय सदस्यहरू पनि जनतासँग एउटा विश्वास दिलाएर मत प्राप्त गरेर जितेर आएको । सुशासनकै निम्ति लड्ने हो भनेर प्रतिबद्धता जनाएर जितेर आएको हो,’ अध्यक्ष दाहालले भने ।

तर, कसैले पनि सुशासन भएन भन्ने समाधानको उपाय दिन नसक्ने वा समस्या अर्कोमा देखाउने प्रवृत्ति अर्को समस्याको रूपमा रहेको उनले बताए ।