Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने


२० मंसिर २०८१, बिहिबार


काठमाडौँ। भोलि (शुक्रबार)नेपाल आउन लागेका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुकले स्वयम्भु र बौद्धनाथको मन्दिरको दर्शन गर्ने भएका छन् ।

भारत भ्रमण सकेर फर्किने क्रममा उनीहरू करिब ५ घण्टा नेपालमा रहने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । त्यसक्रममा उनीहरूले स्वयम्भु र बौद्धनाथको मन्दिर दर्शन गर्ने तयारी रहेको बताइएको छ ।

यसको सुरक्षा प्रबन्ध मिलाइसकिएको परराष्ट स्रोतले बताएको छ । स्रोतका अनुसार, बिहान करिब १० बजेतिर काठमाडौँ ओर्लिएलगत्तै उनीहरूको अनौपचारिक भ्रमण सुरु हुनेछ । यो भ्रमणका दौरान कुनै औपचारिक भेटघाट भने हुने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस