Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पर्यटनलाई निजी क्षेत्रले नेतृत्व गर्नुपर्छ : पर्यटन मन्त्री पाण्डे


१९ मंसिर २०८१, बुधबार


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई अगाडि बढाएर देशको पर्यटन क्षेत्र विकास गर्न सकिने बताएका छन् ।

‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ विषयक नारासहित कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा बुद्ध रङ्‍गशाला वाणगंगामा सुरु १५औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले निजी क्षेत्रको अगुवाइविना पर्यटन विकास असम्भव रहेको बताए । निजी क्षेत्रसहित विदेशी र गैरआवासीय नेपालीको लगानी आवश्यक रहेको उनको भनाइ छ ।

लुम्बिनी विश्व शान्तिको केन्द्र भएको भन्दै उनले कपिलवस्तुका नागरिकले पर्यटकलाई गर्ने व्यवहार र स्वागत सत्कारमा बुद्ध शैली अवलम्बन तथा बुद्धत्व झल्कनुपर्ने बताए ।

तिलौराकोट छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको समेत उनले बताए । मन्त्री पाण्डेले यसबाट कपिलवस्तु सहित बुद्धस्थलको विकास अगाडि बढ्ने बताए ।

कपिलवस्तु बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा आजदेखि महोत्सव सुरु भएको हो । महोत्सव २ पुससम्म चल्ने छ । महोत्सवमा स्थानीय कला, संस्कृति प्रवर्द्धनसँगै कृषि आधुनिकीकरण औजार, कृषि, लघु र साना उद्योगका उत्पादनलाई प्राथमिकता दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस