Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्वास्थ्य मन्त्रालयले गठन गर्‍यो गुनासो सुनुवाइ समिति


१९ मंसिर २०८१, बुधबार


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार गरेको निर्णय अनुसार यो समिति बनाइएको हो ।

मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेश राज सुवेदी र शाखा अधिकृत गौरी प्रसाद आचार्य समितिका सदस्य रहेका छन् भने मन्त्रालयका सूचना अधिकारी समितिको सदस्य सचिवका रूपमा रहेका छन्।

सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ३१ र सोही ऐनको नियमावली, २०६५ को नियम २० बमोजिम गठित समितिको मुख्य उद्देश्य मन्त्रालय र मातहतका निकायहरूको सेवा प्रवाहसँग सम्बन्धित गुनासोहरूको सुनुवाइ र समाधान गर्न उक्त समिति गठन भएको हो ।

समितिले मन्त्रालयबाट प्रवाह हुने सेवासम्बन्धी सेवाग्राहीका गुनासोहरू संकलन गर्ने, प्राप्त गुनासोहरूलाई सम्बन्धित महाशाखामा पेश गर्ने, मातहतका विभाग, केन्द्र, प्रयोगशाला र अस्पतालहरूबाट प्रवाह हुने सेवाका गुनासोहरूको अनुगमन गर्ने लगायतका कार्य गर्नेछ ।

प्रमुख कार्यहरूमा मन्त्रालयमा आएका गुनासोहरूलाई सम्बन्धित निकायमा पठाई त्यसको उचित सम्बोधन भए नभएको नियमित रूपमा अनुगमन गर्ने र सेवाग्राहीहरूका लागि गुनासो गर्ने सरल र सुलभ माध्यमका बारेमा सूचना प्रकाशन गर्ने जस्ता कार्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस