२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा विपद् व्यवस्थापन केन्द्र निर्माण

अ+ अ-

झापा । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत जिल्लाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र धमाधम निर्माण भइरहेको छ । 

अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा अर्जुनधारा नगरपालिका–१ मा निर्माणाधीन उक्त परियोजनाको कुल लागत रु पाँच करोड २० लाख रहेको छ । स्वीस सरकार र कोशी प्रदेश सरकारले परियोजनालाई सहयोग गरेका छन् । उक्त एकीकृत विपद् व्यवस्थापन केन्द्रमा प्रहरीको युनिटसहित चार वटा दमकल, एउटा शव वाहन, प्रहरी वाहन र तीन वटा साना वाहन रहने अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले बताए । वाहन मर्मत गर्ने ग्यारेज, पानी जम्मा गर्ने रिजर्भियर, विपद् सामग्री भण्डारण गर्ने गोदाम, प्रहरी, कामदार र कर्मचारी बस्ने आवास, हेलिप्याड, प्रशासनिक भवनलगायत पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए ।

परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, स्वीट्जरल्याण्ड सरकारको २० प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको छ प्रतिशत र अन्य तीन वटा नगरपालिकाको २४ प्रतिशत लगानी रहने बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाईंले बताए ।

उक्त परियोजनाको सोमबार साझेदार चार वटै पालिकाका जनप्रतिनिधिले अनुगमन गरेका छन् । सञ्चालन कार्यविधिअनुसार परियोजनाको सञ्चालन र रेखदेख चार वटै स्थानीय तहले मिलेर गर्ने र उपयोग भने त्यसभन्दा बाहिरका पालिकाले पनि गर्न सक्नेछन् । 

विसं २०८० मङ्सिरमा सुरु गरिएको उक्त परियोजना दुई वर्षभित्र निर्माण भइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । हाल परियोजनाको भौतिक प्रगति ५० प्रतिशत र आर्थिक प्रगति ४० प्रतिशत रहेको परियोजनामा कार्यरत इञ्जिनियर नीता नेपालले बताइन् ।

जिल्लाको केन्द्रीय भूभाग पारेर अर्जुनधारामा निर्माण गरिने विपद् व्यवस्थापन केन्द्रबाट जिल्लाको १५ वटै पालिका र छिमेकी इलाम र मोरङ जिल्लावासी पनि लाभान्वित हुने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल बताउछन्।

केन्द्रमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने दमकल, एम्बुलेन्स, डुङ्गा, शव वाहन र अन्य उपकरणसहित चौबीसै घण्टा प्रहरी जनशक्ति तैनाथ रहने भएकाले कुनै पनि विपद्का बेला यसबाट उद्धार कार्यलाई छिटो र व्यवस्थित रूपमा अघि बढाउन सकिने उनले जानकारी दिए । 

अन्तरपालिका साझेदारीमा परियोजना सञ्चालन भएकाले यसलाई कोशी प्रदेशको नमूना विकास परियोजनाका रूपमा हेरिएको छ । पालिका एक्लाएक्लैले लगानी गर्न असम्भव हुने र साझा सवालमा मिलेर लगानी गर्ने अवधारणाअनुरूप जिल्लाका चार वटा पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्रको निर्माण भइरहेको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब गोम्देन बताए ।