Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हवाई भाडादर वृद्धिबारे गगन थापाद्वारा पर्यटन मन्त्री पाण्डेको ध्यानाकर्षण


३० कार्तिक २०८१, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले हवाई क्षेत्रमा देखिएका समस्या समाधान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको ध्यानाकर्षण गराएका छन्।

महामन्त्री थापासँगै काँग्रेस सांसद सञ्जय गौतमले मन्त्रालयमा पुगेर हवाई भाडामा भएको अस्वाभाविक वृद्धिको बारेमा ध्यानाकर्षण गराएका हुन्।

उनले भनेका छन्, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको संख्या कम भएको र यसको कारण भनेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक रूपमा वृद्धि भएको छ। जसको सिधा असर आम मानिसमा परेको छ। हामीले यो सम्बन्धमा मन्त्रालयको धारणा सुन्यौ। यसलाई सुधार गर्न के काम भइरहेको छ भन्ने जानकारी लियौँ।

डिसेम्बर महिनाबाट धेरै सुधार हुन्छ भन्ने कुरा आए पनि त्यसपश्चात्को हवाई भाडा दर पनि महँगो नै रहने अवस्था रहेको बताएका छन्। समस्या समाधानको लागि सबै उपायहरू लगाएर भाडदारमा भइरहेको अनियमिततालाई चेक गर्न आवश्यक सुझाव दिएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस