काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयलाई ताकेता गरेको छ ।
गोमालाई अनुशासनको कारबाही गरेर पार्टीबाट निष्कासन गरिएको भन्दै सांसद पदबाट हटाइदिन संसद सचिवालयलाई पुनः पत्राचार गरेको छ । यसअघि दुई पटक पत्र पठाए पनि प्रक्रिया नपुगेको भन्दै सचिवालयले गोमालाई पदमुक्त गर्न अस्वीकार गरेको थियो ।
पार्टी अध्यक्ष तथा संसदीय सिके राउतले हस्ताक्षर गरेर पठाएको पत्रमा सांसद लाभलाई पार्टीबाट निष्कासन गरिएको भनिएको छ । गोमामाथि ठेकेदारसँग पैसा मागेको, अनुचित लाभ लिएको, पार्टी विभाजन गर्न खोजेको लगायतका आरोप लगाइएको छ ।
जनमत पार्टीका प्रतिनिधि सभामा ६ सांसद छन् ।